एमसीसी अन्तर्गत तीन वटै प्रसारण लाइनको ठेक्का रद्द

एमसीसी परियोजना अन्तर्गत बन्ने तीनवटा प्रसारण लाइन आयोजनाको लागि खोलिएको ठेक्का रद्द भएको छ । लागत अनुमानभन्दा अस्वाभाविक बढी रकम राखेर टेण्डर आह्वान भएपछि कार्यान्वयन निकाय एमसीएले ठेक्का रद्द गरेको हो ।

एमसिए नेपालले गरेको अनुमानित लागतभन्दा न्यूनतम लागत नै ६१ प्रतिशत महँगो हुने गरी टेण्डर परेपछि रद्द भएको हो । यी प्रसारणलाइनको लागत २२ करोड ६ लाख अमेरिकी डलर पर्ने अनुमान छ । तर, न्यूनतम बोलपत्रको रकम ३६ करोड ५९ लाख डलर परेको थियो ।

एमसिसी परियोजना अन्तर्गतको प्रसारण लाइन निर्माणका लागि तीन लटमा विभाजन गरेर अघि बढाइएको ठेक्का प्रक्रियामा गत जेठ ८ गते टेन्डर खुला गरिएको थियो ।

लप्सीफेदी-रातमाटे-न्यू हेटौँडा १ सय १७ किलोमिटर लामो प्रसारण लाइन ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । रातमाटे-दमौली ९० किलोमिटर लामो ४ सय केभी निर्माण हुने छ । भने, न्यू दमौली-न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको १८ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार