नेपालगन्जमा आगलागी हुँदा सात पसल जले

बाँकेको नेपालगन्ज उपमहानगरपालिकास्थित बीपी चोकमा आज बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ ।

विद्युत् चुहावट भइ आगलागी हुँदा ५ वटा फर्निचर पसल, एउटा मोटरसाइकल रिपेरिङ सेन्टर र एउटा नास्ता पसलमा आगलागी भएको हो । यी सबै पसल लस्करै थियो । आगलागीबाट पसलका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खबाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

विद्युत सर्ट भएर बिहान साढे ४ बजे आगलागी भएको थियो । आलिया फर्निचरबाट सुरु भएको आगोले सात वटा पसल नष्ट भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खडकाले आगलागी नियन्त्रणमा लिन दुई घण्टा लागेको बताए । आगो निभाउन उपमहानगरपालिकाको तीन र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार