कोशी कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसले कोशी प्रदेशको कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

मुख्यमन्त्रीको दाबी गर्दा डा. शेखर कोइराला पक्षले एमालेसँग मिलेर विद्रोह गरेपछि निर्णय गर्न प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

विराटनगरस्थित प्रदेश पार्टी कार्यालयमा आज ११ बजे बस्ने बैठकले प्रदेशको ताजा अवस्थाबारे धारणा बनाउने काङ्ग्रेसले जनाएको छ ।

‘केन्द्रको बैठक पनि बसिरहेको छ, प्रदेशको बैठक पनि हुँदैछ’, प्रदेश महामन्त्री भुपेन्द्र राइले भने, ’हामी छलफल गरेर अघि बढ्नेछौं ।’

बिहीबार सत्ता गठबन्धनले माओवादी नेता इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्रीमा दाबी गर्न लगाउने निर्णय गरेपछि कांग्रेस कोशीका ८ जना सांसदले एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेका थिए ।

आङ्बो र कार्की दुवैले प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिसकेका छन् ।

सविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयसीमा आज बेलुका ५ बजे सकिँदैछ ।

पार्टीका ८ जना सांसदले विद्रोह गरेपछि दबाबमा परेको कांग्रेस संस्थापनले पार्टी निर्देशन अवज्ञा गर्ने छुट कसैलाई नहुने बताइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार