खानेपानीमा लार्भा भेटिएपछि काठमाडौंको पशुपति पानी उद्योगलाई १ लाख जरिवाना

काठमाडौँ महानगरपालिकाले बुढानिलकण्ठमा रहेको पशुपति पानी उद्योगलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ ।

पशुपति स्प्रिङ वाटर उद्योगले उत्पादन गरेको पानीमा लामखुट्टेको लार्भा भेटिएको भन्दै महानगरले उद्योगलाई १ लाख जरिवाना गरेको महानगरका अनुगमन निरीक्षक डा।अवधेश झाले जानकारी दिए ।

पशुपति पानी उद्योगबाट उत्पादित एभरेष्ट जारभित्रको पानीमा लार्भा भेटिएकाले कारबाही गरिएको झाले बताए ।
ग्राहकले खरिद गरेको पानीको जारमा लामखुट्टेका लार्भा भेटिएपछि उपभोक्ताले महानगरलाई जानकारी गराएका थिए ।

महानगरले कम्पनीलाई जारमा पानी भर्नु अगाडि अनिवार्य निर्मलीकरण गर्न र प्रत्येक महिना पानी परीक्षण प्रतिवेदन ढुवानीकर्तालाई दिन निर्देशन दिएको छ ।

काठमाडौँ महानगरपालिकाले गत असोज २३ गते बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित त्रिवेणी वेभरेज इण्डस्ट्रिजलाई पनि एक लाख रुपैयाँ जरिवाना गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार