स्वदेश आइपुगे इजरायलबाट उद्दार गरिएका २ सय ५४ नेपाली

इजरायलमा रहेका २ सय ५४ जना नेपाली आज शुक्रबार बिहान स्वदेश आइपुगेका छन् । सरकारले उनीहरुलाई नेपाल एयरलाइन्सको विमानबाट स्वदेश ल्याएको हो ।

उनीहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी इजरायल पुगेका थिए । उद्धारका लागि बिहीबार बिहान दुबई हुँदै गएको नेपाल एयरलाइन्सको विमान इजरायलको अभिबस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल गएको थियो ।

‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत इजरायलका विभिन्न सहरमा पुगेका नेपालीहरू हमासको आक्रमणबाट जोगाउन सरकारले उद्धार गर्दै नेपाल ल्याएको हो ।

नेपालीहरुलाई लिएर काठमाडौं आएपछि सञ्चारकर्मीहरुसँग कुार गर्दै परराष्ट्रमन्त्री साउदले नेपालीहरुको सुरिक्षत राख्न इजरायल सरकार समर्पित पाएको बताए । आफूलाई भेट्न इजरायलका विमानमन्त्री आफैं विमानस्थल आएपनि आफू नपुग्दै फर्किनु परेको भन्दै उनले अरु अधिकारीसँग भेट भएको बताए । उनले अघि भने , ‘इजरायल सरकार त्यहाँ भएका नेपाली र अरु विदेशीलाई सुरक्षित राख्न सतर्क र समर्पित पाएको छु ।’

मन्त्री साउदले इजरायलमा रहेका नेपालीहरुको उद्दारका लागि आवश्यका अनुसार विमान पठाइने बताए । मन्त्रिपरिषद्ले व्यवसायीक फ्लाइटबाट आउनेहरुको टिकट खर्च व्यहार्ने र चार्टर विमान पनि पठाउने निर्णय गरेको भन्दै उनले भने, ‘अन्य जहाजहरु आवश्यकता अनुसार पठाइने छ, यसमा कुनै चिन्ताको विषय छैन । सरकार सगज छ, नेपाली दूताबासलाई निर्देशन गरिसकेको छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार