दुई जनाको दाबीपछि मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखले लिए भोलिसम्मको समय

कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाले दाबी पेश गरेपछि प्रदेश प्रमुखले पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्तिका लागि समय लिएका छन् । उनले परामर्शका लागि समय लाग्ने भन्दै आज मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गरेका हुन् ।

संविधानको धारा १६८(५) अन्तर्गत रहेर सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता नेता इन्द्रबहादुर आङवोले मुख्यमन्त्रीको दाबी पेश गरेका छन् । उनले कांग्रेसका २९, माओवादीका १३, एकिकृत समाजवादीका ३ र जसपाका १ प्रदेश सभा सदस्यको हस्ताक्षर बुझाएका छन् । उनलाई आजै सत्ता गठबन्धनका शीर्ष नेताहरुले मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने निर्णय गरेका थिए ।

तर कांग्रेसका शिर्ष नेताहरुको निर्णयविरुद्ध असन्तुष्टी जनाउँदै डा. शेखर कोइराला निकट प्रदेशसभा सदस्य केदार कार्कीले कांग्रेसका ८ र नेकपा एमालेका ३९ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

कार्की र आङ्बो दुबैले पेश गरेको दाबीमा उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू र सुनसरीका सुनिता गुरुङको हस्ताक्षर प्रयोग भएको छ । ९३ सदस्यीय प्रदेशसभामा सरकार गठन गर्न ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार