जर्मनीद्वारा इजरायललाई सैन्य सहयोगको प्रस्ताव

हमासले इजरायलमाथि आक्रमण गरेपछि जर्मनीले इजरायलसमक्ष सैन्य सहयोगको प्रस्ताव गरेको छ । साथै उसले आतङ्कवादी हमास समूहको जर्मनीभित्र भएको समर्थनलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

जर्मन चान्सलर ओलाफ स्कोल्जले बिहीबार इजरायलको सुरक्षाका लागि जर्मनीको ऐतिहासिक दायित्वमाथि जोड दिए । जर्मनीको प्रतिरक्षा मन्त्रालयले इजरायलको अनुरोधमा पाँच वटा हेरोन टिपी युद्ध ड्रोनमध्ये दुई वटा प्रयोग गर्न सहमत भएको जनाएको छ । ती हतियार जर्मन सेनाले भाडामा लिएको थियो ।

ब्रसेल्समा रक्षामन्त्री बोरिस पिस्टोरियसले युद्धका लागि इजरायलले हतियार माग गरेको भन्दै उक्त आग्रहबारे अब छलफल गरिने बताएका छन् ।

जर्मन संसद्लाई सम्बोधन गर्दै कुनै पनि सहयोगका लागि सूचित गर्न आफूले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुलाई आग्रह गरेको बताए । “अहिले जर्मनीका लागि एउटा मात्र ठाउँ छ र त्यो ठाउँ भनेको इजरायलको पक्षमा हो”, उनले सांसदहरूलाई भने, “हाम्रो आफ्नै इतिहास र दोस्रो विश्वयुद्धमा यहुदीविरुद्ध भएको नरसंहारबाट उत्पन्न भएको हाम्रो जिम्मेवारीले इजरायलको सुरक्षाका लागि उभिन हाम्रो दृढतालाई अविचलित बनाउँछ ।”

उनले हालैका दिनमा इजरायलको पक्षमा हजारौँ मानिसले प्रदर्शन गरेको उल्लेख गर्दै भने, “सप्ताहन्तमा जर्मनीमा अत्यन्तै लाजमर्दो तस्बिरहरू आए ।” शनिबार बर्लिनका सडकमा एउटा सानो समूहले पेस्ट्रीहरू बाँडे र हमास आक्रमणको खुसीयाली प्रदर्शन गरेका थिए ।

चान्सलर स्कोल्जले जर्मनीमा हमासको समर्थन वा गतिविधिमाथि औपचारिकरूपमा प्रतिबन्ध लगाउने गर्ने बताए । हमासलाई युरोपेली युनियनले यसअघि नै आतङ्ककारी समूहको सूचीमा राखेको छ । उहाँले सप्ताहन्तमा पेस्ट्री बाँड्ने सामिदोउनजस्ता समूहमाथि प्रतिबन्ध लगाइने जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार