२५० जना नेपाली बोकेर इजरायलबाट उड्यो विमान, विद्यार्थीले दिए धन्यवाद (भिडियो)

इजरायलबाट २५० जना नेपाली लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौंका लागि उडेको छ । इजरायलको तेल अभिबस्थित बेन गुरियनन विमानस्थलबाट द्वन्द्वका कारण अलपत्र नेपाली बोकेर नेपाल एयरलाइन्सको विमान काठमाडौं हिँडेको हो ।

उक्त विमान आज राति सवा ९ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने बताइएको छ ।

नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल गएका छन् । त्यहाँ उनले नेपाली राजदूत र दूतावासका कर्मचारीसँग नेपालीहरुको स्थितिका बारेमा कुराकानी गरेका उनको सचिवालयले जनाएको छ ।

इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी नेपालीसहित हजारौं अपलपत्र परेका छन् ।

सरकारले नेपाल फर्कन चाहनेहरूका लागि अनलाइन आवेदन खुलाएको थियो । जसमध्ये नेपाल आउन चाहेका २५० जना नेपालीलाई बिहीबार सरकारले उद्धार गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार