भक्तपुरमा स्कुटरको ठक्करबाट वृद्धाको मृत्यु

भक्तपुरको नगरकोटमा स्कुटरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका-१ नगरकोटमा बिहीबार बा ६९ प ९१० नम्बरको स्कुटरले ठक्कर दिँदा सोही ठाउँकी ६८ वर्षीया भुलिमाया धुगुछुको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी धुगुछुको डा. इवामुरा अस्पताल भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनापछि स्कुटर चालक दोलखा तामाकोशी गाउँपालिका-४ का ३६ वर्षीय यम खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार