ललितपुरमा सहकर्मीमाथि पेट्रोल छर्केर आगो लगाउने पक्राउ

ललितपुरमा सहकर्मीमाथि पेट्रोल छर्केर आगो लगाई भागेका एक जना परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१७, ग्वार्को बस्ने पर्साका शिवु भनिने २६ वर्षीय सुवास विक छन् ।

गएको मंगलबार (असोज २३ गते) बिहान करिब साढे ९ बजे प्रहरीले उनलाई काठमाडौंको सुन्धाराबाट नियन्त्रणमा लिएको हो ।

गएको सोमबार सुवासले ग्वार्कोस्थित एसबी ह्यान्डग्राफीमा सँगै काम गर्ने पर्साकै २४ वर्षीय अरुण विश्वकर्मामाथि पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । त्यसपछि उनी फरार थिए ।

महानगरीय अपराध महाशाखाका एसपी रवीन्द्र रेग्मीका अनुसार सुवासले लगाएको आगोमा परि अरुणसहित तीन जना घाइते भएका छन् ।

एसपी रेग्मीका अनुसार कीर्तिपुरस्थित बर्निङ अस्पतालमा घाइतेको उपचार भइरहेको छ । पक्राउ परेका सुवासलाई थप अनुसन्धान र कारबाहीका निम्ति प्रहरी वृत्त सातदोबाटोमा पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार