रोशीमा मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु

काभ्रेको रोशीमा मोटरसाइकल दुर्घटना हुँदा एक एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा बनेपा नगरपालिका-१० का २५ वर्षीय सर्वेश्वर हुमागाईंको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका- ११ माम्दीमा हुमागाईं सबार बा ९६ प ९२६१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ बुधबार दिउँसो दुर्घटनामा पर्दा हुमागाईं गम्भीर घाइते भएका थिए ।

उपचारको क्रममा उनको धुलिखेल अस्पतालमा बुधबार साँझ मृत्यु भएको हो ।

सिन्धुलीबाट बनेपातर्फ आउँदै गर्दा हुमागाईं सवार मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किएर नालीमा खसेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार