संयुक्त राष्ट्र संघका महासचिव गुटरेसको नेपाल भ्रमण स्थगित

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमण स्थगित भएको छ ।

गुटेरस असोज २६ गते काठमाडौं आइपुग्ने कार्यक्रम थियो । तीनदिने नेपाल भ्रमणका क्रममा उनले लुम्बिनी र पोखरा जाने कार्यक्रम तय गरिएको थियो । तर, इजरायल र प्यालेस्टिनको विद्रोही समूह हमासबीच युद्ध चर्किएपछि गुटेरसले तत्काललाई नेपाल भ्रमण स्थगित गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जाँदा महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । त्यसपछि भ्रमणको मिति तय गरिएको थियो । उनले २७ असोजमा संघीय संसद्को संयुक्त बैठकलाई समेत सम्कोधन गर्ने कार्यक्रम तय भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार