नेपाल टेलिकमको एनटी फाइबर सेवामा अब थप स्पिड

नेपाल टेलिकमले आगामी बिहीबार (असोज २५) देखि लागू हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर उपलब्ध गराउने भएको छ ।

यस अफर अन्तर्गत सेवाग्राहीको अत्याधिक रुची देखिएको एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिडलाई २५० प्रतिशतसम्म पुग्नेगरी व्याण्डविथमा बढोत्तरी गरिएको छ । सेवाग्राहीहरुको रुची र चासो रहेको एनटी फाइबर सेवामा कम्पनीले सहुलियत प्रदान गर्न लागेको हो ।

यस अफरमा हाल १० एमविपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका सेवाग्राहीले सोही मूल्यमै २५ एमविपीएस र २० वा ३० एमवीपीएस गतिको इन्टरनेट चलाइरहेका सेवाग्राहीले सोही मूल्यमा ५० एमविपीएसको सेवा प्रयोग गर्न सक्नेछन् ।

यसैगरी ४० एमवीपीएस गतिको सुविधा प्रयोग गरिरहेका ग्राहकहरुले सोही मूल्यमा अबदेखि १०० एमवीपीएसको सेवा प्राप्त गर्नेछन् । हाल ८० एमवीपीएस सेवा लिइरहेका सेवाग्राहीहरुलाई पुरानै दरमा १५० एमवीपीएस गतिको सेवा उपलब्ध हुनेछ । यसका साथै हाल उपलब्ध हुँदै आएको ‘फेयर युजेज पोलिसी’ लिमिटलाई समेत बढोत्तरी गरिएको छ ।

साथै हाल ३० एमवीपीएस र सो भन्दा माथिको एक वर्षको प्याकेज लिँदा दैनिक ३०० एमवी डाटा सेवाको सुविधा पनि उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार यो सेवा उपयोग गर्नका लागि एनटी फाइबर सेवा लिँदा उपलब्ध गराइएको टेलिकमको मोबाइल नम्बरबाट स्टार१४१६ह्यास डायल गर्नु पर्दछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार