बन्दिपुरमा विद्युत् ,टेलिफोन, इन्टरनेट र खानेपानी अवरुद्ध

पर्यटकीयस्थल बन्दिपुरमा टेलिफोन, इन्टरनेट, विद्युत् र खानेपानी सेवा अवरुद्ध भएको छ । तीन दिनदेखि परेको अविरल वर्षाले पहिरो जाँदा विद्युत्का पोल ढाल्नुका साथै खानेपानीका मुहान र पानी सङ्कलन ट्याङ्की समेत भत्काइदिएको छ ।

बन्दिपुर गाउँपालिका क्षेत्रका अधिकांश खेत बगरमा परिणत भएको छ । गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले गाउँपालिका भित्र टेलिफोन, इन्टरनेट, विद्युत र खानेपानी अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको जानकारी दिए ।

मुकुन्देश्वरी डाँडाबाट पहिरो खस्दा खानेपानीको मुहान तथा ट्याङ्की भत्काएर क्षति बनाएको उनले बताए । करिब रु २० करोडको लागतमा सम्पन्न भएको छापनाहाला खानेपानी ट्याङ्की पूर्ण क्षति बनाउँदा डुम्रे बजारबासीले खानेपानीको समस्या भोग्नुपरेको छ । अविरल वर्षाका कारण बन्दिपुर–३ तामुङमा दुई जनाले ज्यान गुमाएका र तीन जना घाइते भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार