चीनबाट साइनोफार्मको १० लाख डोज खोप नेपाल ल्याइँदै

चीनबाट कोरोना विरुद्दको थप १० लाख डोज खोप नेपाल ल्याइने भएको छ । खोप ल्याउनका लागि आगामी बिहीबार नेपाल वायु सेवा निगमको जहाज चीनको राजधानी बेइजिङ उड्ने भएको छ । १० लाख डोज साइनोफार्म खोप नेपाल ल्याउन निगमको जहाज बेइजिङ उड्न लागेको हो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना भाइरसविरुद्धको खोपको अभाव नहुने दाबी गरेका छन् । नेकपा एमालेको शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अब खोपको समस्या नहुने दाबी समेत गरेका छन् ।

बैठकमा ओलीले भनेका छन्, ‘अब भ्याक्सिनको समस्या छैन । पर्सिदेखि चाहिनेजति भ्याक्सिन आउँछ । भारतबाट दोस्रो डोज नआउँदा समस्या भयो । केही दलका साथीहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनू भनेर लबिङ गरिरहेका छन् ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार