नबिल बैंकले स्वाबलम्बन लघुवित्तको सेयर बिक्री खुला गर्यो

न्यूनतम मूल्य ७०० रुपैयाँ

नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडकोे संस्थापक सेयर शुक्रबारदेखि बिक्री खुला गरेको छ । बैंकले स्वावलम्बनको १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । सेयरको न्यूनतम मूल्य ७०० रुपैयाँ छ ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा असार २९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार