पर्वतमा जिपसँगै बगेका पौडेलको शव स्याङ्जाको मिर्मीमा भेटियो

चार दिन देखि पर्वतको कुस्मा नगरपालिका ८ तमादी खोलाबाट बेपत्ता एक जनाको शव स्याङ्जाको मिर्मीमा भेटिएको छ । बागलुङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ६२१३ नम्बरको जिप गत १३ गते शनिबार साँझ बगाएको थियो ।

काली गण्डकी गाउँपालिका ७ मिर्मी काली गण्डकी पावर हाउस ड्यामा जिपबाट बेपत्ता कास्कीको अन्नपूर्ण गाउँपालिका ३ नौ डाँडा बस्ने २६ वर्षीय माधव पौडेलको शव फेला परेको हो । तमादी खोला भुमिशेरचन राजमार्गमा अविरल वर्षाको कारण बाढीले बढाएकोमा पौडेल सोही जिपमा सवार रहेका थिए ।

जिपमा सवार पौडेलकै साथी रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ का ३४ वर्षीय गोपाल बस्यालको शव फेला परिसकेको छ भने बागलुङको तारा खोला गाउँपालिका–३ का ५० वर्षीय डम्बरबहादुर थापा भने अझै पनि बेपत्ता छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार