पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार दिउँसो ३ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

कैलाली, डोटी, डडेल्धुरा, बाजुरालगायतका जिल्लामा हल्लाएको अनुभूति भएको स्थानीयले उल्लेख गरेका छन् । बझाङको तलकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्नेच्युटको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार