धेरै बिदा दिनेमा नेपाल पहिलो नम्बरमा रहेपछि बाबुरामले भने- ‘अनि हामी गरिब नभएर को हुन्छ ?’

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराइले धेरै बिदा दिन मुलुकमा गनिएको भन्दै ब्यङग्य गरेका छन् । 

वल्ड स्टाटिक्सले सबैभन्दा सार्बजनिक बिदा दिने देशको सुचीमा नेपालको नाम पहिलो नम्बरमा राखे पछि भट्टराईले अनि देश गरिब नभएर को हुन्छ त ? भन्दै ब्यंग्य गरेका हुन । सो स्टाटिक्सले सबैभन्दा बढी बार्षिक ३५ दिने बिदा दिएका कारण नेपाल पहिलो नम्बरमा रहेको उल्लेख गरेको छ ।

‘राम्रो कुरामा नभए पनि नराम्रो कुरामा, बार्षिक सार्वजनिक बिदामा, चाँही नेपालले विश्वमा उच्च स्थान हासिल गरेछ,  अनि हामी गरीब नभए को हुन्छ त ?’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘गम्भीर बनौं, काम नगरी दिगो रूपले कोही धनी हुनसक्दैन भन्ने बुझौं, साना साना सुधार त जसले जतिबेला गरेपनि हुन्छ नि ।’

दोस्रो नम्बरमा म्यान्मार ३२, तेस्रो नम्बरमा इरान २६, चौथो नम्बरमा श्रीलंका २५, बंगलादेश र इजिप्टले २२–२२ दिन बार्षिक बिदा दिने गरेको सो तथ्यांकमा उल्लेख गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार