प्रधानमन्त्री र एमसीसीकी प्रमुख कार्यकारी अधिकृतबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड र अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटबीच भेटवार्ता भएको छ ।
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड र अल्ब्राइटबीच भेटवार्ता भएको हो ।
भेटमा परराष्ट्र मन्त्रालयका प्रतिनिधिको उपस्थिति रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
आइतबार साँझ काठमाडौं आइपुगेको अल्ब्राइटसहितको टोलीले सोमबार च्यासल पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको थियो ।
आचार्यले प्रधानमन्त्री र अल्ब्राइटसहितको एमसीसी टोलीबीच सिष्टाचार भेट भएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार