एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा विजयी

नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् ।

प्रथम अधिवेशनबाट खतिवडाले अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई पराजित गरे । विजयी भएका खतिवडाले ५१२ मत प्राप्त गर्दा ढकालले ४३० मत प्राप्त गरे ।

अध्यक्षमा ३५ मत बदर भएको निर्वाचन समितिका संयोजक चुडामणि आचार्यले जानकारी दिए ।

एमालेभित्र खतिवडा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । ओलीले कोशी प्रदेश अधिवेशनमा सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न निर्देशन दिएपनि खतिवडा र ढकाल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रेका थिए ।

यस्तै उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् ।

सचिवमा खतिवडा प्यानलबाट राजकुमार भण्डारी विजयी भएका छन् । उनले ढकाल प्यानलबाट उम्मेदवार बनेका शैलेस लामालाई १४३ मतान्तरले पराजित गरेका छन्। भण्डारीले ५२४ र लामाले ३८१ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।

त्यसैगरी उपसचिवमा जलवर्षा राजवंशी र देउमान राई विजयी भएका छन् भने उपसचिवमा खेम नेपाली विजयी भएका छन् ।

दुई सय १५ सदस्यीय प्रदेश कमिटीका लागि भएको निर्वाचनमा ७३ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनमा ९७७ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार