एमसिसी कार्यकारी निर्देशकसँग भौतिक मन्त्री ज्वालाले भने ‘परियोजना कार्यान्वयनमा शंका नगर्नुस्’

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले संसद र सरकारले निर्णय गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयमा शंका नगर्न आग्रह गरेका छन् ।

नेपाल भ्रमणमा रहेकी एमसिसी कार्यकारी निर्देशक एलेक्स अलब्राइड र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनसँगको भेटमा मन्त्री ज्वालाले परियोजना कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका हुन् ।

‘सरकार र सार्वभौम संसदले एमसीसी परियोजना पास गरिसकेको छ, परियोजनाको सफल कार्यान्वयनमा नेपाल सरकारले कुनै कमी गर्दैन’ मन्त्री ज्वालाले भने ‘परियोजनामा केही समस्या छन् तर समयै शुरु गरेर निर्धारित समयमा निर्माण सकेपछि अहिले उब्जिएका समस्याहरु आफै समाधान हुन्छन् ।’

एमसिसी कार्यकारी निर्देशक एलेक्स अलवाइडले एमसीसी परियोजना कार्यान्वयन भए आफू र आफ्नो देश पनि खुसी हुने बताएकी छन् । ‘एमसीसी परियोजना कार्यान्वयनको चरणमा म नेपाल आएकी छु, नेपाल सरकारको सकारात्मक धारणाले म खुसी भएँ’ उनले भनिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार