प्रचण्डले बोलाए पदाधिकारी बैठक, बाबुरामसँग एकताबारे पनि छलफल हुने

प्रधानमन्त्री तथा सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । मंगलबार बिहान ८ बजे सरकारी निवास बालुवाटारमा बस्नेगरि अध्यक्ष प्रचण्डले बैठक बोलाएका हुन् ।

सो बैठकमा प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न भएको संयुक्त राष्ट्रसंघको भ्रमणदेखि चीन भ्रमणसम्मको बारेमा छलफल हुने बताइएको छ । यसको साथै ‘जनतासँग माओवादी’ नामक तीन महिने अभियानको बारेमा पनि बैठकमा समिक्षा हुने जनाइएको छ ।

पछिल्लो समय माओवादीले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँग एकताको लागि प्रयास गरेको छ । एकता प्रक्रियाको प्रगतिबारे पनि बैठकमा समिक्षा हुने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार