गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार, घटनास्थलबाट पेस्तोल बरामद

काठमाडौंको गौशाला एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । सोमबार मध्यान्ह काठमाडौं महानगरपालिकाको तिलगंगामा भएको आपसी विवादका क्रममा चक्कु हानिँदा सविर हुसेन घाइते भएका छन् ।

उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ । घाइतेको खुट्टामा चोट लागेको छ ।

साजन हुसेन गौशालाको पिके डायग्नोस्टिक सेन्टर सन्चालन गर्दछन् । उनीमाथि चक्कु प्रहार भएको जानकारी पाएपछि प्रहरी पुग्दा घटनास्थलबाट एक थान पेस्तोल बरामद भएको प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले जानकारी दिए ।

चक्कु प्रहार गर्ने व्यक्ति फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार