हृदयघातबाट वडाध्यक्षको निधन, नगरमा आज शोक बिदा

सप्तरीको डाक्नेश्वरी नगरपालकिाका–१ का वडाध्यक्षको निधन भएको छ ।

वडाध्यक्ष हरिप्रसाद रायको हृदयघातका कारण आइतबार निधन भएको नगरप्रमुख रामलखन मलहाले जनाकारी दिए ।

६५ वर्षीय राय पछिल्लो छ महिनायता प्यारालाइसिसका कारण बिरामी परेका थिए । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित उपचार हुँदै आएको थियो ।

घरमै हृदयघाटका कारण वडाध्यक्ष रायको निधन भएको हो । वडाध्यक्षको निधनको शोकमा आज डाक्नेश्वरी नगरपालिकामा शोक बिदा दिइएको छ ।

विसं २०७९ को स्थानीय तहको निर्वाचनमा राय नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार