रुपन्देहीमा दुइटा भ्यान र १० लाख भारतीय रुपैयाँसहित ३ जना पक्राउ

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ डण्डाबाट सशस्त्र प्रहरीले १० लाख भारतीय रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित भारत महाराजगन्ज जिल्ला सुनौली ग्रामपञ्चायत २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षका अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठीलार्य नियन्त्रणमा लिइएको रहेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानाकारी दिए ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको भ्यानमा सवार उनीहरूको साथमा रहेको उल्लिखित भारतीय रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका राजु कौशलको साथमा ९ लाख तथा अभिनव जैसवाल र आस्तिक त्रिपाठीको साथमा १ लाख भारतीय रुपैयाँ फेला परेको डीएसपी थापाले बताए ।

पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ । बरामद रकम र दुईवटै भ्यान राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाउने प्रक्रियामा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार