एमाले कर्णालीको मतगणना अझै सुरु भएन, उम्मेदवारहरू छलफलमा

नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना अझै सुरु हुन सकेको छैन ।

सोमबार बिहान ८ बजेदेखि मतगणना हुने भनिएपनि १० बजेसम्म पनि मतगणना नभएको हो ।

असोज १० गतेबाट सुरु भएको एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन हुन
नसकेपछि आइतबार मतदान भएको थियो ।

मतगणनाका लागि उम्मेदवार तथा नेताहरू छलफलमा रहेका छन् । छलफल सकिए लगत्तै मतगणना सुरु हुने प्रदेश अधिवेशन निर्वाचन कमिटीले जनाएको छ । निर्वाचनमा कुल ६१६ मतदाता मध्ये ६०९ मत खसेको थियो ।

कर्णालीमा अध्यक्ष पदका लागि तीन जना उम्मेदवारी बनेका छन् । जसमा कालीकोटा मीनबहादुर शाही, प्रकाश रोकाया र सल्यानका गुलावजंग शाह रहेका छन् ।

यस्तै, उपाध्यक्षमा जाजरकोटका लालबहादुर महतारा, मुगुका दानसिंह परियार र जुम्लाका टेकराज पछाइ, सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुबकुमार शाही रहेका छन् ।

उपसचिवमा नौ जना उम्मेदवार रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार