बाग्मती प्रदेश सभा बैठक बस्दै

बाग्मती प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेश सभा भवन हेटौडामा दिउँसो २ बजे बोलाइएको आजको बैठकमा प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथी छलफल हुनेछ ।

यसअघि आइतबार २ पटक बैठक संचालन भएको थियो । उक्त बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो ।

आइतबार बाग्मती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको सो बिधेयकमाथी आज पनि छलफल जारी रहने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार