सुर्खेतमा बालकलाई ठक्कर दिएर फरार मोटरसाइकल चालक पक्राउ

सुर्खेतको वीरेन्द्रनगरस्थित यरिचोक नजिक बालकलाई ठक्कर दिएको मोटरसाइकल र चालक नियन्त्रणमा लिइएको छ ।

प्रहरीले गुर्भाकोट नगरपालिका–१४ गुमीका ३१ बर्षीय अर्जुन पुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनको साथबाट कर्णाली प्रदेश ०३–००२ प ९२०३ नम्बरको मोटरसाइलक पनि नियन्त्रणमा लिएको हो ।

उक्त मोटरसाइकलको ठक्करबाट शनिबार आठबिस नगरपालिका-६ खिड्कीज्युलाका ५ वर्षीय दिग्दर्शन पुरीको मृत्यु भएको थियो । यरिचोक नजिकको गोकुल कटेज नजिकै उक्त मोटरसाइकलले मामाको घरबाट फुपुको घर जाँदै गरेका बालक पुरीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि कर्णाली केयर अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनापछि फरार रहेका चालक र मोटरसाइकललाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार