दोलखाको लामाबगरबाट थप चार केजी सुन बरामद

दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरबाट चार केजी सुन बरामद भएको छ । प्रहरीले आइतबार चार केजी सुन बरामद गरेको हो ।

गत बुधबार र शुक्रबार दोलखाबाट करिब सात केजी सुन बरामद भएको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि भेटिएको हो । योसँगै दोलखाबाट बरामद भएको सुनको मात्रा ११ किलो पुगेको छ ।

‘यसअघि पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दा थप सुन बरामद भएको हो,’ प्रहरी स्रोतले भन्यो, ‘थप अनुसन्धान गर्दैछौं ।’

यो सुन दोलखाको चीनसँगको फलेक नाकाबाट आएको हो । प्रहरी स्रोतका अनुसार, यो सधैं बन्द रहने नाका भएपनि विभिन्न स्थानबाट लुकिछिपी मानिसहरु आवतजावत गर्ने गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार