प्रधानमन्त्रीको निर्देशनपछि निगमले फिर्ता लियो पेट्रोलियम पदार्थको मूल्यवृद्धि, आज राति १२ बजेदेखि लागु हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री प्रचण्डसमेतको उपस्थितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठले मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएको हो ।

लगत्तै, नेपाल आयल निगमले आज (आइतबार) राति १२ बजेबाट लागू हुनेगरी मूल्यवृद्धि फिर्ता लिएको जानकारी गराएको छ । निगमका अनुसार मूल्य वृद्धिलाई मूल्य स्थरीकरण कोष र नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गरिनेछ ।

आइतबार बिहान आफूसँग सल्लाह नगरी इन्धनको मूल्य वृद्धि गरिएको भन्दै प्रधानमन्त्री प्रचण्डले आयल निगमसँग असन्तुष्टि जनाएका थिए । सोही असन्तुष्टिकै बीच प्रधानमन्त्री प्रचण्डले मूल्य वृद्धि फिर्ता लिन निगमलाई निर्देशन दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार