खोटाङमा पाँच वर्षीया बालिकाको बलात्कार

खोटाङमा पाँच वर्षीया बालिकाको बलात्कार भएको छ । शनिबार नजिकै रहेको आफन्तको घरमा खेल्न गएकी बालिका बलात्कृत भएकी हुन् । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

बालिकाको योनिबाट निरन्तर रक्तस्राव भइरहेको अवस्थामा प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको थियो । चिसापानीबाट रेफर गरिएपछि बालिकालाई उपचारका लागि रातारात उदयपुरको गाईघाट लगिएको छ ।

बालिका बलात्कार गर्ने जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनले मोबाइलमा अश्लील भिडियो देखाएर बालिकालाई बलात्कार गरेको बताइएको छ ।

बालिका बलात्कार गरेर लुकिछिपी बसिरहेका राईलाई शनिबार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) पुरुषोत्तम खड्काले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार