सुन तस्करीबारे छानबिन गर्न तीन सदस्यीय आयोग बनाउने सहमति, आजै संसद्लाई जानकारी दिइने

सरकार र प्रमुख प्रतिपक्षी दलहरुबीच आइतबार भएको छलफलले नेपालमा भइरहेको सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ६ दलका शीर्ष नेताहरुको बैठकमा उच्चस्तरीय जाँचबुझ आयोगलाई भेप, ब्रेक सुमा लगाएर ल्याएको सुनलगायत पटकपटक भएको सुन तस्करीबारे भएको छानबिनको अध्ययन गर्ने र तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र यसमा संलग्न व्यक्तिका सन्दर्भमा थप छानबिन कार्यादेश दिने सहमति जुटेको हो ।

नेकपा एमालेका सचेत महेश बर्तौलाले बालुवाटारमा भएको बैठकमा तीन सदस्यीय उच्चस्तरीय आयोग बनाउने निर्णय भएको जानकारी दिएका छन् । उनका अनुसार उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरिँदैछ ।

त्यसका लागि सरकारले मन्त्रिपरिषद्को बैठक बसेर तीन सदस्यीय समिति गठन गर्ने निर्णय लिने छ । उक्त समिति गठन भएको जानकारी सरकारले आजै संसदलाई दिने भएको छ ।

त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उक्त बैठकले आयोग गठन गर्ने निर्णय लिनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार