निवर्तमान राष्ट्रपतिलाई हराउँदै ४५ वर्षीय मुइज्जु बने माल्दिभ्सको राष्ट्रपति

मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएका छन् । निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई हराउँदै ४५ वर्षीय मुइज्जु नयाँ राष्ट्रपति निर्वाचित भएका हुन् ।

प्रोग्रेसिभ एलान्यसका उम्मेदवार मुइज्जु चीन समर्थक भनेर चिनिन्छन् । राजधानी मालेको मेयरसमेत रहेका मुइज्जुले ‘इन्डिया आउट’ नाराका साथ चुनावी अभियान सुरु गरेका थिए । उनले ५४ प्रतिशत भोट लिएर राष्ट्रपति चुनाव जितेको बीबीसीले जनाएको छ ।

सन् १९७८ मा जन्मेका मोहम्मद मोइज्जुले यूकेको लिड्स विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा पीएचडी गरेका छन् । उनी सन् २०१२ मा राजनीतिमा प्रवेश गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार