प्रधानमन्त्रीले बोलाए सात दलको बैठक, रास्वपाले बहिष्कार गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात दलको बैठक बोलाएका छन् । बिहान प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र प्रमुख सचेतक महेश बर्तौलासँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले आजै सात दलका नेताहरुको बैठक बोलाएका हुन् ।

सात दलको बैठक बिहान ११ बजे बोलाइएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ । चाडपर्वको मुखमा महँगीको मार थोपरिएको भन्दै रास्वपाले प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठक बहिष्कार गर्ने बताएको हो ।

मूल्यवृद्धिको विरोधमा सर्वदलीय बैठक बहिष्कार गरेको रास्वपाका सभापति रवि लामिछानेले फेसबुक जनाएका हुन् ।

‘चाड पर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मारपर्ने गरी सरकारले गरेको मुल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ । यसको विरोध स्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको बैठक हामीले बहिष्कार गरेका छौं,’ उनले भनेका छन् । यसबारे थप कार्यक्रम गर्ने पनि उनले बताएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार