प्रतिसिलिन्डर २ सय १५ रुपैयाँले बढ्यो ग्यासको मूल्य, डिजेल, पेट्रोलको कति ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २ हजार ११० रुपैयाँ पुगेको छ । बढेको मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार