अश्लिल हर्कत गरेको आरोपमा डेढ दर्जन टिकटकर पक्राउ

गौर- होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटकरलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी अनुसार सिया पैलेस होटेल, गौरमा मदिरा सेवन गरी हो हल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा टिकटकरहरू पक्राउ परेका हुन । सो घटनाबारे छानबिन जारी रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका वडा नम्बर १ जयनगरका राजकुमार साहसहितका टिकटकर रहेका छन । पक्राउ गरिएका सबै दोषी नरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

सिया पैलेस होटलमा बसेका महिला डाक्टरको कोठा ढक्ढक्याएर खोल्न लगाउने तथा अभद्र व्यवहार गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । राति १२ बजेसम्म तलको हलमा अश्लिल नृत्य तथा होहल्ला भई रहेको सूचना स्थानिय प्रशासनले पाएपछि प्रहरी पुगेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार