एमाले कर्णाली अधिवेशनः रुद्रबहादुरलाई समर्थन गर्दै डण्डी शर्माले फिर्ता  लिए उम्मेदवारी

नेकपा एमालेको कर्णाली प्रदेशको सचिव पदमा उम्मेदवारी दिएका डण्डीप्रसाद शर्माले उम्मेदवारी फिर्ता गरेका छन्।

उनले सचिवका अर्का उम्मेदवार रूद्रबहादुर शाहीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता गरेका हुन् ।

उनको उम्मेदवारी फिर्तासँगै एक सचिव पदका लागि रूद्रबहादुर शाही र ध्रुवकुमार शाहीको प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचन अधिकृत मातृकाप्रसाद खनालका अनुसार अन्य पदाधिकारीमा हालसम्म कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनन् । कर्णाली प्रदेश कमिटीको अध्यक्षका लागि पाँच जनाको उम्मेदवार कायमै छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार