एमालेको कर्णाली प्रदेश अध्यक्षमा पाँच जनाको उम्मेदवारी, सचिवमा ३ जना

नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ । जसमा गुलावजंग शाह, प्रेमबहादुर सिंह, राजबहादुर शाही, मीनबहादुर शाही र प्रकाश रोकायाको उम्मेदवारी परेको हो ।

उपाध्यक्षमा दानिसंह परियार, टेकराज पछाई र लालबहादुर महतराको उम्मेदवारी परेको छ । सचिवमा रूद्रबहादुर शाही, डण्डी शर्मा र ध्रुवकुमार शाहीको उम्मेदवारी परेको छ । उपसचिवतर्फ समावेशीमा मेनका पछाई र पद्मा खड्काको उम्मेदवारी परेको छ ।

खुलामा नारायणकुमार शाह, रविन्द्रराज शर्मा, रमेशकुमार शाही, बखतबहादुर भण्डारी, कमल शाही, धिरेन्द्रराज गिरी, तेजकुमार विकको उम्मेदवारी परेको छ ।

यस्तै लेखा आयोगको अध्यक्षमा जितबहादुर मल्ल, दीर्घराज न्यौपाने र सुरज थापाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कमिटीको कार्यालयले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार