बारामा करेन्ट लागेर एक पुरुषको मृत्यु

बाराको कलैयामा बिहीबार बिहान करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका १४ का ४५ वर्षीय मदनलाल जयसवालको आफ्नै घरको चापाकलमा जडान गरिएको पानी तान्ने विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका जयसवाललाई उपचारको लागि कलैयास्थित जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार