काठमाडौँ बाहिरको अस्पतालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण

काठमाण्डौँ बाहिर पहिलो पटक चितवनमा कलेजो प्रत्यारोपण गरिएको छ । चितवन मेडिकल कलेज (सिएमसी) का डाक्टर सञ्जय यादव, डाक्टर उकानन्द सिंह लगायतका १२ जनाको टोलीले चैत ८ गते कलेजोको सफल प्रत्यारोपण गरेको हो । आइतबार

अस्पतालले आइतबार भरतपुर महानगरपालिका १० स्थायी घर भई हाल काठमाण्डौ बस्दै आएकी ५४ वर्षीया धनकुमारी लामालाई कलेजो प्रत्यारोपणको सेवा दिएको थियो । उनलाई छोरी ३३ वर्षीया उषाले कलेजो दिएकी थिइन् ।

२ वर्ष अगाडि अनुमति लिएर कलेजले लामो समय आन्तरिक तयारी र आवश्यक उपकरण तथा दक्ष जनशक्ति तयार पारेर कलेजो प्रत्यारोपण गर्न सफल भएको अस्पतालका अध्यक्ष हरिष न्यौपानेले बताए । यो सहित नेपालमा आठ जनामा कलेजो प्रत्यारोपण भएको चिकित्सक सञ्जय यादवले बताए । सिएमसीले २०७६ सालको वैशाखमा कलेजो प्रत्यारोपणका लागि स्वीकृति लिएको उनले बताए ।

कलेजो प्रत्यारोपणको खर्च २५ लाख रुपैयाँ लाग्ने उनले बताए । विदेशमा योभन्दा धेरै रहेको छ । नेपालीलाई विदेश जाँदा अन्य झन्झट र खर्च बढ्ने अवस्था पनि छ । प्रत्यारोपणमा संलग्न चिकित्सक डा. सञ्जयकुमार यादवले १८ वर्षदेखि ५० वर्ष उमेरसम्मका स्वस्थ व्यक्तिले अरुलाई कलेजो दिन सक्ने बताए । कलेजो लिने दिनेबीच रक्त समूह मिल्नु पर्दछ । पारिवारिक सदस्यबाट मात्रै कलेजो दिन पाइने कानुनी व्यवस्था पनि छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार