प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक

प्रधानमन्त्री तथा नेकपा (एमाले) का संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।

प्रतिनिधिसभा बैठक चलिरहेका बेला पार्टीका सांसदहरूको भूमिकाका बारेमा छलफल गर्न दलको बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

प्रतिनिधि सभामा नेकपा एमालेका १२० जना सांसद छन् । प्रतिनिधि सभा पुनःस्थापनापछि दलको बैठक तीन पटक बसिसकेको छ । दलको विधान संशोधनको गृहकार्य भइरहेको भट्टराईले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार