प्रतितोला आठ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो ?

नेपाली बजार बुधबार सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ ।

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार पाँच सय निर्धारण गरिएको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला आठ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार नौ सय ५० कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार एक सय ५० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले बढेर एक हजार चार सय ८५ तोकिएको महासंघले जनाएको छ ।

महासंघले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार