नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । बुधबार बिहान भर्चुअल माध्यमबाट प्रधानमन्त्री प्रचण्डले पाकिस्तानमा रहेको क्रिकेट टोलीलाई जितको शुभकामना दिएका हुन् ।

‘बेस्ट अफ लक, राम्रो गर्नुहोस् । देश तपाईंहरु साथमा छ,’ उनले भने ।

एसिया कपको डेब्यू खेलमा आज नेपालले विश्व नम्बर वान टोली एवं आयोजक पाकिस्तानसँग खेल्दैछ । नेपाल र पाकिस्तानबीचको खेल मुल्तान क्रिकेट रंगशालामा नेपाली समय अनुसार अपरान्ह सवा ३ बजे सुरु हुनेछ ।

पहिलो पटक एसिया कप खेल्न लागेको नेपालले पहिलो खेलमै आयोजक तथा २ पटकको विजेता पाकिस्तानसँग खेल्न लागेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार