धनगढीमा आज हुने भनिएको समाजवादी मोर्चाको कार्यक्रम स्थगित

धनगढीमा आज हुने भनिएको समाजवादी मोर्चाको सन्देश सभा स्थगित भएको छ । माओवादी केन्द्रका नेता खगराज भट्टले आज हुने भनिएको कार्यक्रम स्थगित भएको जानकारी दिए ।

कार्यक्रम स्थगित भए पनि अर्को कार्यक्रम कहिले गर्ने भन्ने टुङ्गो लागि नसकेको उनले बताए ।

मोर्चाले हिजो लुम्बिनी प्रदेशमा सन्देश सभा आयोजना गरिएको थियो । मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने तयारी गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार