एसिया कपमा हेर्न लायक ६ खेलाडीमा गुल्सन झा पनि

बुधवारदेखि शुरु हुने एसिया कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीको सूचीमा नेपालका गुलसन झा पनि परेका छन् ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने ६ जना खेलाडीको सूचीमा नेपालका झालाई पनि राखेको हो ।

मुल्तान क्रिकेट स्टेडियममा हुने एसिया कपको उद्घाटन खेलमै नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्नेछ । पाकिस्तानको खेलबाटै नेपालले एसिया कपमा डेब्यु गर्दैछ ।

एसिया कप सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले प्रतियोगिता हेर्न लायक ६ खेलाडीको सूची तयार पारेको छ । जसमा एसिया कप खेल्ने ६ वटै देशको एक-एक खेलाडीलाई समावेश गरेको छ ।

बाबर आजम, जसप्रित बुमराह, रासिद खान जस्ता विश्व चर्चित खेलाडी समावेश सुचीमा नेपालबाट फास्ट बलिङ अलराउण्डर गुल्सन झाको नाम समावेश छ । हेर्न लायक ६ खेलाडीमा पाकिस्तानका बाबर आजम, भारतका जसप्रिम बुमराह, बंगलादेशका टस्किन अहमद, अफगानिस्तानका राशिद खान र श्रीलंकाका महेश थिक्क्षणा रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार