आइएमई पे र कान्तिपुर सिनेमाबीच भुक्तानी साझेदारी

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले कान्तिपुर सिनेमाजसँग ‘एक्सक्लुसिभ पेमेन्ट पार्टनरसिप’ सम्झौता गरेको छ।

सम्झौताअन्तर्गत कान्तिपुर सिनेमाजको एप तथा वेबसाइटमा आइएमई पे एकमात्र भुक्तानी साझेदारका रूपमा हुनेछ।

कान्तिपुर सिनेमाज एक ओटिटी प्लेटफर्म हो जहाँ विभिन्न चलचित्र तथा चलचित्रका शृंखला स्ट्रिमिङ गरी सेवा प्रदान गरिन्छ। सम्झौतामा आइएमई डिजिटल सोलुसनका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत सञ्जीवचन्द्र न्यौपानेले हस्ताक्षर गरेका छन् ।

आइएमई पेले ग्राहक सुविधाका लागि सुरक्षित तथा नवप्रवर्द्धित सेवाका माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्दै आएको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार