टिप्पर र मोटरसाइकल एकापसमा ठोक्किँदा डाक्टर यादवको मृत्यु

पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीमा मङ्गलबार बिहान टिप्पर र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

उर्लाबारी –४ स्थित ऊँ सत्य साई पेट्रोल पम्प छेउमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार सप्तरी घर भएका २८ वर्षीय डा. नीरज यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । प्रहरी निरीक्षक दासका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–००१ क ००९५ नम्बरको टिप्पर एकापसमा ठोक्किँदा यादव गम्भीर घाइते भएका थिए ।

उपचारका लागि तत्काल उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पुर्याइएको भए पनि अस्पताल पुर्याएको केही समयपछि यादवको मृत्यु भएको थियो । मोटरसाइकललाई ठक्कर दिने टिप्पर र चालक मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार