एयर ट्राफिक कन्ट्रोलमा समस्या आउँदा बेलायतमा हजारौं हवाई यात्रु समस्यामा

बेलायतमा एयर ट्राफिक कन्ट्रोलको सिस्टममा आएको खराबीका कारण हजारौं हवाई यात्रु समस्यामा परेका छन् ।

बीबीसीका अनुसार बेलायतको एयर ट्राफिक कन्ट्रोलमा आएको प्राविधिक समस्याका कारण हजारौं उडान रद्द भएका छन् भने उडान ढिला भइरहेका छन् ।

बेलायतमा एयर ट्राफिक कन्ट्रोल गर्ने नेटले उडानसँग सम्बन्धित योजना प्रणाली बिग्रिएको बताएको छ । जसका कारण अब उडानको योजना कुनै प्रणालीविना नै गर्नुपर्ने भएको छ । अर्थात् जुन गतिमा मेसिनले कुनै काम गर्दथ्यो, अब त्यो काम मानिसले गर्नुपर्छ । त्यसैले यसमा ढिलाइ हुने निश्चित छ ।

यो प्राविधिक गडबडीका कारण मानिसहरू बेलायत र विदेशमा अलपत्र परेका छन् ।

नेशनल एयर ट्राफिक सर्भिसले पनि अवतरण गर्ने विमानको संख्या घटाएको छ । समस्या केही घण्टामै समाधान गरेपनि असर भने भने केही समयसम्म रहने विमान कम्पनीहरुले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार