प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।

संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गरिने भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुको प्रश्नको जवाफ दिँदैछन् । गएको बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम निर्धारण गरेका थिए ।

आजको प्रश्नोत्तरमा समूह २ मा रहेका सांसदहरूले प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउने व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीलाई सोध्ने सांसदले भदौ ८ गते नै प्रतिनिधि सभाका सचिव समक्ष लिखित रुपमा प्रश्न टिपाइसकेका छन् ।

साथै, कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार